‘फिल्म उद्योगको माहोलै सहि छैन’ : गोविन्दा अहुजा
बलिउड अभिनेता गोविन्दा अहुजा अहिले बलिउड फिल्म क्षेत्रको माहोल ठिक नभएको बताउँछन् । उनी आफनो आगामी फिल्म ‘रंगीला राजा’ को लिएर बोर्ड प्रमाण (सीबीएफसी)सँग निराश भएका हुन । सेन्सर बोर्डले रंगीला राजामा २० वटा सिन काट्न सुझाव दिएको छ ।
सीबीएफसीको निर्णयप्रति विरोध गर्दै गोविन्दाले भने, ‘यो सुझाव अन्यायपूर्ण र अनिश्चित छ किनकी फिल्ममा कुनै पनि अश्लिल दृश्य छैन । फिल्म रिलिजको बारेमा सोध्दा उनले भने हामी फिल्म रिलिज र फिल्मको तारिख बारेमा दर्शक छिट्टै जानकारी दिन्छांै । सीबीएफसीले हाम्रो फिल्मको केहि दृश्यलाई सेन्सर गरेको छ । यस कारण फिल्म रिलिज गर्नको लागि कानुनको साहायता लिनुपर्छ ।’
यस अघि गोविन्दाको फ्राइडे रिलिज भएको थियो । यो फिल्म बक्स अफिसमा रामो व्यापार गर्न सकेन । यो फिल्मको उनलाई केहि उपलब्धि भएन । एक फिल्म फल्प भएपछि अर्काे फिल्ममा पनि समस्या आउँदा गोविन्दा निकै निराश देखिएका छन् ।