बिहेको लागि घर सजाउँदै निक-प्रियंका, मोदीलाई निम्ता
बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनास विवाह लामो समय देखि चर्चाको विषय बनेको छ । उनीहरुको विवाह भव्य सम्पन्न गर्नको लागि भव्य तयारी सुरु भएको छ ।
घर सजाउने देखि लिएर निमन्त्रणाका बाँड्ने काम लगभग सकिसकेको छ । विवाहको लागि प्रियंकासँगै निकको परिवार आइतबार जोधपुरमा पुगेका छन् । प्रियंकाले आफनो विवाह भव्य बनाउनको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेकी छिन् । उनको आगामी फिल्म ‘द स्काई इज पिंक’ को सुटिङमा दिल्ली पुगेको बेला निकको साथमा निम्तो दिन पुगेकी हुन ।
उनीहरु विवाह दुई रिवाजबाट हुनेछ । पहिला हिन्दु रितिरिवाज र दोस्रो क्रिश्चियन रितिरिवाज अनुसार गर्दैछन् । उनीहरुको विवाह कार्यक्रम जोधपुरमा यहि नोभेम्बर २९ बाट सुरु भएर डिसेम्बर २ मा सम्पन्न हुने भारतिय मिडियामा उल्लेख गरिएको छ । २ डिसेम्बरमा हिन्दु रिवाजअनुसार सात फेरा लिने छन् भने ३ डिसेम्बरमा क्रिश्चियन रिवाजअनुसार बैवाहिक बन्धनमा बाधिदै छन् ।
विवाह पछि दुई रिसेप्शन पार्टी दिने तयारी रहेको छ । पहिलो रिसेप्शन फिल्म क्षेत्रका व्यक्तिहरुलाई मुम्बई हुनेछ भने दोस्रो दिल्लीमा हुनेछ ।