रजनीकान्त र अक्षयको ‘२.०’ लाई सकारात्मक समिक्षा
बलिउड अभिनेता रजनी कान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ बिहिवार देखि हलमा रिलिज भएको छ । रजनी कान्तको प्mयानहरुले आफनो परम्परा अनुसार फिल्म हल बाहिर उत्सव मनाएका छन् । भारतको विभिन्न शहरमा बिहान ६ बजे देखि शो सुरु भएको छ । बहुप्रतिक्षत यो फिल्मले समिक्षा चाहिं कस्तो पाइरहेको छ त ?
‘२.०’ मा निर्देशक शंकरले मोवाईलबाट हुने खतरालाई उतारेका छन् । फिल्मलाई समिक्षकको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । दर्शक पनि खुसी छन् । रजनी कान्तकी छोरी सौन्दर्या रजनी कान्तले पहिलो शो हेरेर सामाजिक सञ्जालमा फिल्मको समिक्षा दिएकी छन् । उनले लेखेकी छिनः ‘ओ माई गड २.० यो दुनियाँ भन्दा परको फिल्म बनेको छ । यो फिल्म साँच्चै नै तारिफको लायक रहेको छ ।’
अमेरिकामा ८५०, युकेमा ३००, युरोपमा ५०० र साउथ एशियामा करिब १०,००० स्क्रिनमा यो फिल्म रिलिज भएको छ । कुनै पनि सार्वजनिक विदा नपारी रिलिज हुँदा यो फिल्मले ‘ठग्स अफ हिन्दोस्तान’को रेर्कड तोड्न सक्दैन तर फिल्म प्रति आएको सकरात्मक प्रतिक्रियाले दर्शकलाई हल सम्म तान्ने फिल्मकर्मीहरुको भनाई छ ।
२.० भारतमा ६६०० स्क्रिनमा रिलिज भएको छ । हिन्दीमा ३५००, तमिलमा २५०० र तेलुगुमा ६०० स्क्रिनमा रिलिज भएको छ । ओवरसीजमा १० हजार शो फिल्मले पाएको छ । फिल्ममा रजनी कान्त, अक्षय कुमार र एमि ज्याक्सनको मुख्य भुमिका रहेको छ ।