अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिकमा शाहरुख
भारतबाट अन्तरिक्षमा जाने पहिलो व्यक्ति राकेश शर्माको बायोपिक ‘सारे जहाँ से अच्छा’ फिल्म बन्ने भएको छ । उनको भुमिका आमिर खानले निभाउने चर्चा चलेको थियो । तर यो फिल्मको लागि शाहरुख खान पक्का भएका छन् ।
शाहरुख यो फिल्मको लागि राकेश शर्मा जस्तै लुक लिन चाहन्छन । फिल्मको लागि शारिरिक र मानसिक रुपले तयार हुनलाई शाहरुख आमेरिका गएर ट्रेनिङ लिनेछन् । उनलाई विषम अवस्थामा राखिनेछ । जसमा अन्तरिक्ष यात्री रहन्छन् । शाहरुख अन्तरिक्ष यात्री कसरी जिउँछन कस्तो व्यवहार गर्छन भन्ने बुझ्नको लागि विषम अवस्थामा बस्नेछन् । शाहरुख जिरो फिल्मको प्रमोशनमा व्यस्त हुने हुँदा सुटिङको मिति तय गरिएको छैन । शाहरुखले सुटिङको डेट दिएपछि फिल्मका कलाकार फाइनल गरिने फिल्मकर्मीले बताएका छन् ।
राकेश शर्मा अन्तरिक्षबाट फर्किएपछि त्यस समयकी प्रधानमन्त्री इन्दिरा गान्धीले अन्तरिक्षयबाट हाम्रो भारत कस्तो देखिन्छ भनेर प्रश्न गरेकी थिइन । यसको जवाफमा उनले भने ‘सारे जहाँ से अच्छा, हिन्दुसत्ता हमारा’ । उनको यहि जवाफलाई मध्यनजर गर्दै फिल्मको नाम जुराइएको हो । सिद्धार्थ राय कपूरले निर्देशन गर्ने फिल्मलाई महेश मथाई निर्देशन गर्नेछन् ।