दक्षिण भारतको बक्स अफिसमा ‘२.०’ को धमाका
साउथका सुपरस्टार रजनीकान्त र बलिउडका स्टार अक्षय कुमार स्टारर फिल्म ‘२.०’ ले तमिलनाडुको बक्स अफिसमा धमाका मच्चाएको छ । हिन्दी भाषाको भारतिय बक्स अफिसमा भने फिल्म सामान्य रहेको छ ।
फिल्मको चेन्नाई बक्स अफिसमा पहिलो दिन २ करोड ६४ लाख रुपैयाँ कलेक्सन भएको छ । फिल्मले देशव्यापी रुपमा ४८ करोड कमाएको छ । यो वर्षको राम्रो आपनिङ्ग गर्ने फिल्ममा पहिलो ‘ठग्स अफ हिन्दोस्तान’, दोस्रो ‘सन्जु’ र तेस्रोमा ‘२.0’ परेको छ । निर्देशक शकरले २०१० मा तमिलनाडुमा ‘इंथिरन’ नामले फिल्म रिलिज गरेका थिए । त्यस फिल्मलाई हिन्दीमा रोबोर्ट नाम राखिएको थियो । ‘२.०’ यसै फिल्मको दोस्रो भाग हो ।
फिल्ममा रजनी कान्त वैज्ञानिक र रोबोर्टको भुमिकामा देखिएका छन् भने अक्षय कुमार भिलेनको भुमिकामा देखिएका छन् । ऐश्वर्या बच्चनको ठाँउ एमी ज्याक्सनले लिएकी छिन् । फिल्ममा रजनी, अक्षय र एमीको साथै सुधान्शु पाण्डे, आदिल हुसैन, रियाज खान लगायतका कलाकार अभिनय रहेको छ ।
फिल्म ‘२.०’ लाई हिन्दी, तामिल र तेलुगुमा एक साथ रिलिज गरिएको छ । करिब दश भाषामा फिल्म डबिङ्ग गरिएको छ । फिल्म २९ नोबेम्बर देखि रिलिज भएको छ ।