क्यान्सरको उपचारपछि सोनाली मुम्बई फर्किइन्
सोनाली बेन्द्रे न्युयोर्कबाट क्यान्सरको उपचार गराएर मुम्बई फर्केकी छन् । सोनाली सोमबार बिहान मुम्बई एयरपोर्टमा ओर्लिएकी हुन् । उनका साथमा पति गोल्डी बहल पनि मुम्बई आएका छन् ।
सोनाली आफनो जिवनको केहि खुशीको पल परिवारसँग बिताउनको लागि मुम्बई आएकी हुन् । क्यान्सर उपचारका क्रममा सोनालीले कपाल पनि काट्नु परेको थियो । केहि समय अघि सोनाली नयाँ हेयर स्टाइलमा देखिएकी थिइन । भारत फर्कनुअघि सोनालीले सामाजिक सञ्जालमा सन्देशमुलक स्टाटस लेखेर छिन् । उनले लेखेकी छिन, ‘दुरीले हामीलाई निकै कुरा सिकाउँछ । घरबाट टाढा भएपछि मलाई कति व्यक्तिहरुको कहानी थाहा भयो । सबै अलग तरिकाले आफनो जिन्दगीको कहानी लेख्ने कोशिश गर्छाै र संघर्ष पनि गरिरहेका छौं । तर कोहि पनि हार मान्दनौ ।’
सोनालीले घर फर्कने खुशी समेत व्यक्त गरेकी छिन । उनले लेखेकी छिन, ‘म फर्किरहेकी छु, आफनो भावनाको कुरा शब्दमा बयान गर्न सक्तिन । तर पनि म कोशिश गर्नेछु । म आफ्नो परिवार र साथीसँग भेट गर्न पाउँदा साह्रै उत्साहित छु ।’ सोनालीले आफ्नो लडाइ नसकिएको बताउँदै आउने समयमा खुशी रहन चाहन्छु भनेकी छन् ।