प्रियंका र निक पार्टीमा पुगे मोदी
प्रियंका चोपडा र निक जोनस दुई रीतिरिवाज क्रिश्चियन र हिन्दु गरी अनुसार बैवाहिक बन्धनमा बाँधिएका थिए । विवाहपछि मंगलबार दिल्लीमा रिसेप्शन पार्टी दिईएको थियो । उनीहरुको खुशीमा सामेल हुनको लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगे ।
मोदीले नव विवाहित जोडिलाई बैवाहिक जिवनको शुभकामना सहित बधाई दिए । नरेन्द मोदीसँगको फोटो अहिले भाइरल भईरहेको छ । प्रियंका र निकको विवाह भव्य रुपमा गरिएको थियो । उनीहरुको विवाह कभर गर्नको लागि इन्टरनेशनल मिडिया पुगेका थिए । विवाहको फोटो खिच्नको लागि जो कोहिलाई अनुमति दिइएको थिएन ।
बुधबार प्रियंकाले सामाजिक सञ्जाल माफर्त विवाहको फोटो सार्वजनिक गरेकी छिन् । क्रिश्चियन रिवाज र हिन्दु रिवाजको दुई वटा फोटो सार्वजनिक गरेकी हुन् ।