मिका सिंह दुबईमा जेल पर्दा राखी सावन्ताई चिन्ता
१७ वर्षिय ब्राजीलियन मोडललाई यौन दुरव्यवहार गरेको आरोपमा भारतिय गायक मिका सिंह बिहिबार राती दुबईमा गिरफ्तार भएका छन् । मिकाको यो बानीदेखि राखी सावन्त चिन्तित देखिएकी छिन ।
उनले आफनो ईन्स्टाग्राममा एक भिडियो सार्वजनि गरेकी छिन जहाँ उनले भनेकी छिन, ‘यति लफडामा गर्छाैं नि तिमी मिका, तिमलाई छुटाउन दुबई आउँदै छु । दुबईको भिषा खोजिराछु ।’ अहिले मिकालाई थुनामा राखिएको छ । मीकालाई १७ वर्षकी ब्राजीलियन युवतीले आपत्तिजनक फोटो पठाउने आरोप लगाएको छिन । मिका कन्र्सटको लागि दुबई पुगेका थिए ।
राखि र मिकाले खुलेआम किस गरेको भिडियो सार्वजनिक हुँदा निकै आलोचना भएको थियो । मिटु मुमेन्टमा बोल्दा राखीले आफुलाई तनुश्रीले रेप गरेको समेत आरोप लगाएकी थिइन् ।