उत्तराखण्डको ७ जिल्लामा ‘केदारनाथ’ बन्देज
छायांकन देखिनै विवादले घेरिएको बलिउड फिल्म ‘केदारनाथ’ शुक्रबार देखि प्रदर्शनीमा आएको छ । तर उत्तराखण्डको ७ जिल्लामा फिल्म रिलिज भएको छैन । शुक्रबारबाटै रिलिज भएको यो फिल्म उत्तराखण्डमा प्रदर्शन हुन पाएन ।
उत्तराखण्डको साथ साथै हरिद्धार, देहरादुनमा पनि फिल्म बन्देज गरेको छ । उतराखण्डकोे सरकारको टुरिज्म मिनिस्टर र फिल्मप्रति आएको समस्या हल गर्नको लागि चार सदस्यको कम्युनिटीले बैंठक राखेका थिए । उक्त बैंठकमा कम्युनिटीका प्रमुख सतपाल महाराजले भने ‘हाम्रले हरेक जिल्लाको शान्तिको लागि केदारनाथ फिल्मलाई बन्देज गर्ने फैसला गरेका छौं ।’
फिल्म रिलिज भन्दा एक दिन पहिले नै बोम्बे हाइकोर्टले रमेश चन्द्र मिश्रा र प्रभाकर त्रिपाठीले गरेको मुद्दा खारेजी गरेको थियो । उनीहरुले फिल्मले धार्मिक भावनालाई ठेस पुर्याउने र फिल्मले लवजिहादलाई महत्व दिएको भन्दै फिल्मको विरोध गरेका थिए । मुद्धा खारेजीपछि फिल्म विरुद्ध चर्को आलोचना भएको थियो ।
अभिषेक कपूरले निर्देशन गरेको फिल्मको टिजर सार्वजनिक भएसँगै विवादमा फसेको हो । केदारनाथको पुजारीहरुले यो फिल्मप्रति विरोध प्रर्दशन गरेका थिए । फिल्ममा सुशान्त सिंह राजपुत र सारा अली खानको मुख्य भुमिका रहेको छ ।
लभ स्टोरी जनराको फिल्ममा २०१३ मा केदारनाथमा आएको बाढीलाई मुख्य विषयवस्तु बइएको छ । पहिलो फिल्मबाट साराले प्रशंसा पाइरहेकी छन् ।