ब्रेकअपले टुटेकी नेहाले मन छुने म्यासेज पोस्ट गरिन्
भारतिय गायिका नेहा कक्कड र अभिनेता हिमान्स कोइलीको ब्रेकअप भएको छ । यो बे्रकअपले नेहालाई निकै दुखि बनाएको छ । बे्रकअपले नेहाको पर्सनल लाइफमा मात्र असर पारेको छैन, उनको प्रोफेशनल लाइफमा पनि असर देखिएको छ ।
नेहा अहिले सोनी टिभीमा आउने सिंगिङ रियालिटी शो ‘इन्डियन आइडल’ १० औं सिजनको जर्जको रुपमा रहेकी छन् । नेहा आफ्नो पर्सनल र प्रोफेशनल लाइफ बारे बोल्दै सेटमा निकै इमोशन देखिएकी थिइन ।
नेहाले भावुक हुदै इन्स्ट्राग्राममा स्टोरी मार्फत आफ्नो दिलको कुरा सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘मलाई थाहा छ, म सेलिब्रेटी हुँ । मैंले यस्तो कुरा सामाजिक सञ्जालमा लेख्नु हुदैन तर म मान्छे पनि हुँ । आज मेरो दिल निकै टुटेको छ । मैले चाहेर पनि आफनो फिलिंग कट्रोल गर्न सकेको छैन । हामी सेलिब्रेटीको दुईटा रुप हुन्छ । एक पर्सनल, एक प्रोफेशन । पर्सनल लाइफ जति नराम्रो भए पनि प्रोफेशन लाइफमा हामी हाँसेर देखाउछौ ।’
उनले थप्दै लेखेकी छन्, ‘मलाई थाहा छ सबै यसै बारेमा कुरा गर्ने छन् । मानिसहरु मलाई जर्ज गर्छन । जुन कुरा मैले गरेको नै छैन, त्यो पनि भन्छन तर मलाई यो सबको बानी परिसक्यो सुन्ने र सहने । दुनियाँमा यति नराम्रो व्यवहारको व्यक्तिहरु नि हुन्छन । तर केहि गुमाएर अब होसमा आए । मैले आफ्नो सबै दिए तर बदलामा के पाए, म भन्न सक्दिन मैले के पाए । नेहाको यो इमोशनल पोस्ट भाइरल भइरहेको छ ।