‘फिल्म हेरेपछि आलोचकको मुख बन्द हुन्छ’ : कंगना
फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ छायांकन देखि नै अभिनेत्री कंगना रनोट विवाद पर्दै आएकी छन् । विवाद गरेर गर्ने आलोचना गर्नेलाई निर्देशक समेत रहेकी कंगनाले गतिलो जवाफ दिएकी छन् ।
कंगनाले भनेकी छन्, ‘जो मानिसहरु मेरो बारेमा नराम्रो भनिरहेका छन् । फिल्म हेरेपछि सबैको मुख बन्द हुनेछ । जसले यो फिल्मलाई राम्रो भनेका छन् उनीहरुको मुख कसैले पनि बन्द गर्न सक्दैनन् ।’ प्रोमो रिलिज भएसँगै कंगनाले तारिफ बटुलिरहेकी छन् ।
मणिकर्णिका मार्फत कंगनाले निर्देशनमा डेब्यु गरेकी छन् । यो फिल्मलाई पहिला राधाकृष्ण जगरलामुन्डीले निर्देशन गरेका हुन् । जगरलामुन्डी साउथ फिल्ममा व्यस्त भएपछि कंगना आफैले निर्देशनको जिम्मा सम्हालेकी हुन् । उनले भनिन्, ‘फिल्म राम्रो बनेको छ । फिल्म राम्रो हुनु टीम वर्कको नतिजा हो । सुरुमा मलाई गाह्रो भएको थियो । तर पछि अभिनेत्री र निर्देशकको रुपमा फिल्मलाई न्याय दिन सक्छु जस्तो लाग्यो । दुवै भुमिका गरेर म एकदमै खुशी छु । हामी फिल्म रिलिजको लागि निकै उत्साहित छौं ।’ फिल्म जनवरी २५ अर्थात माघ ११ गते रिलिज हुँदैछ ।