‘सिम्बा’मा रणवीरको तारिफ, ओझेलमा सारा
रोहित शेट्टीले निर्देशन गरेको फिल्म ‘सिम्बा’ आज शुक्रबार देखि रिलिज भएको छ । फिल्ममा अजय देवगन अर्थात् ‘बाजीराव सिंघम’को पनि अभिनय रहेको छ । यो फिल्म तेलगु ‘टेम्पर’को रिमेक फिल्म हो । टेम्परमा जुनिएर एनटिआरले भ्रष्ट पुलिसको भुमिका निभाएका थिए भने सिम्बामा रणवीर सिंहले भ्रष्ट पुलिसको भुमिका निभाएका छन् ।
फिल्म रिलिजसँगै समिक्षकहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । दिमाग नलगाई फिल्म हेर्ने हो भने फिल्मले निकै मनोरञ्जन दिने समिक्षकको भनाई छ । दुई घण्टा ४५ मिनेटको फिल्मले दर्शकलाई हलमा बाँधेर राख्ने समिक्षकले उल्लेख गरेका छन् । दर्शकलाई हलमा बाँधेर राख्नुमा रणवीर सिंहको दमदार अभिनय, कमेडि र डाइलग बताइएको छ । पहिलो फिल्म ‘केदारनाथ’बाट चर्चा बटुलेकी अभिनेत्री सारा अली खानको फिल्ममा दमदार भुमिका नभएपछि सारा ओझेलमा परेकी छन् ।
यद्पी फिल्मले बलिउड बजारमा स्थान बलियो बनाउने समीक्षकहरुको दावी छ । खानको फिल्म बक्स अफिसमा चिप्लिंदा सिम्बाले बलिउड बजारलाई राहत दिने बताइएको छ । भारतिय समिक्षकले फिल्मलाई ३ र ४ को हाराहारीमा रेटिंग दिएका छन् । रोहितको प्रस्तुतिलाई निकै सकारात्मक प्रतिक्रिया दिइएको छ । फिल्ममा रणवीर सिंह, सारा अली खान, सोनु सुद, सिद्धार्थ जाधवको मुख्य भुमिका रहेको छ । साथै फिल्ममा अजय देवगन र अक्षय कुमारको झलक पनि देख्न सकिन्छ ।