बलिउडका वरिष्ठ कलाकार कादर खानको निधन
बलिउड कलाकार कादर खानको क्यानडामा निधन भएको छ । चार महिना देखि अस्पतालमा भर्ना भएका खानको ८४ वर्षको उमेरमा निधन भएको हो ।
निमोनियाले च्यापेका खान लामो समय देखि बिरामी थिए । उनको सोमबार साँझ ६ बजे निधन भएको उनको छोरा सरफराजले जानकारी दिएका हुन् । अभिनेता खानको अन्तिम संस्कार क्यानडामै गरिने बताइएको छ । कादरले ८१ सयभन्दा बढी फिल्ममा काम गरेका छन् ।