फराहको फिल्मबाट मिस वल्र्ड मानुषीको डेव्यु
मिस वल्र्ड २०१७ को ताज पहिरिएकी भारतीय सुन्दरी मानुषी चिल्लर बलिउडमा डेब्यु गर्दै छिन् । उनी निर्देशक फराह खानको फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेकी हुन् ।
यस अघि अभिनेत्री दीपिका पादुकोणलाई पनि फराहले आफ्नो फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउड दुनियाँमा डेब्यु गराएकी थिइन् । एक पछि अर्को हिट फिल्म दिँदै दीपिकाले अहिले बलिउडमा राज गरिहेकी छिन् । भारतिय मिडियामा उल्लेख भए अनुसार मानुषी र फराहले फिल्मको बारेमा एक अर्कालाई भेटेर कुरा समेत गरिसकेका छन् । यति मात्र नभएर मानुषीले स्क्रिप्ट पढेर काम गर्न सुरु गरेकी छन्, जसको लागि उनी अहिले गोवा पुगेकी छन् ।
मानुषीले बारम्बार बलिउडमा आउने ईच्छा व्यक्त गर्दै आएकी छिन् । केहि समय अघि मानुषीले धर्मा प्रोडक्शनको फिल्मबाट बलिउडमा डेब्यु गर्ने खबर भारतिय मिडियामा सार्वजनिक नभएका होइनन् । अन्ततः उनी फराहको फिल्ममा काम गर्ने भएकी हुन् । मानुषीको अभिनय रहने पहिलो फिल्मको नाम भने अहिले खुलाइएको छैन् ।
सन् २०१७ सालमा मानुषीले भारतको लागि १७ वर्ष पछि मिस वल्र्डको ताज जितेकी हुन् । २००० सालमा बलिउडकी देसी गर्ल प्रियंका चोपडाले मिस वल्र्ड ताज जितेकी थिइन् । प्रियंकाले पनि मिस वल्र्ड भएपछि बलिउडमा पाइला राखेकी थिइन् ।