छोरा क्यान्सर मुक्त भएपछि इमरानले यस्तो स्टाटस लेखे
बलिउड अभिनेता इमरान हाशमीले सोमबार आफ्नो छोरा आयान हाशमी क्यान्सरबाट मुक्त भएको खुलासा गरेका छन् । उनको ९ वर्षिय छोरा अयान पछिल्लो ५ वर्ष देखि किडनी क्यान्सरबाट पिडित थिए ।
इमरानले सामाजिक सञ्जालमा अयानको र उनको हाँस्दै गरेको तस्विर सार्वजनिक गर्दै स्टाटस समेत लेखेका छन् । उनले लेखेका छन् ‘आज ५ वर्ष पछि अयान क्यान्सबाट मुक्त भएको छ । यो एकदमै लामो यात्रा थियो । तपाइहरु सबैको शुभकामना, माया र प्रार्थनाको लागि धेरै धेरै धन्यवाद । क्यान्सरसँग लडिरहनु भएको सम्पूर्णलाई मायाका साथै भगवानसँग प्राथना गर्छु । यो तपाईहरुको एक्लो लडाईं हो, आफुप्रति आशा र विश्वास गर्नु अवश्य पनि लडाई जित्न सकिन्छ ।’
इमारानले बिलाल सिद्धीसँग ‘द किस अफ लाइफ हाउ ए सुपरहिरो एण्ड माई सन डिफीटेड क्यान्सर’ नामक पुस्तक लेखेका छन् । क्यान्सरको बारेमा जनचेतना फैलाउने उद्देश्यले उनले उक्त किताब लेखेका हुन् । साथै कसरी सुपर हिरो अर्थात मेरो छोरा क्यान्सर जस्तो भयानक रोगसँग लड्यो भन्ने कुरा इमरानले ‘द किस अफ लाइफ’ मा उल्लेख गरेका छन् ।
आयानको जन्म २०१० मा भएको थियो । आयान इमरान र उनकी पत्नी परवीन शाहनीको पहिलो सन्तान हुन् । ३ वर्षबाटै आयान क्यान्सर पिडित भएका थिए ।