‘म मायामा विश्वास गर्छु’ : अंकिता लोखन्डे
बलिउड फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री अंकिता लोखन्डेले आफु रिलेशनशिपमा रहेको कुरा खुलाएकी छिन् । उनी बिलासपुरको बिजनेसम्यान विकी जैनसँग रिलेशनमा छिन् । यो भन्दा पहिला अंकिता अभिनेता सुशान्त सिंह राजपूतसँग रिलेशनमा रहेकी थिइन ।
सुशान्त र अंकित करिब ६ वर्ष रिलेशनशिपमा थिए, त्यसपछि उनीहरुको बे्रकअफ भएको थियो । अंकिताले हालसालै विवाह गर्ने सोचमा नरहेको बताएकी छन् । उनले भनिन्, ‘म बिहे गर्दा भन्ने मात्र होइन, सबैलाई बोलाउँछु । अहिल्यै विवाहको बारेमा केहि भन्न सक्दिन । अहिले आफ्नो काममा फोकस गरिरहेको छु ।’ उनले मणिकर्णिकामा लक्ष्मिबाईको साथी झलकारी बाईको भुमिका निभाएकी छन् ।
अंकिताले विकीको बारेमा बोल्दै भनिन्, ‘उहाँ निकै राम्रो मान्छे हुनुहुन्छ । अहिले बिलासपुरमा बिजनेस गर्दै हुनुहुन्छ ।’ उनले थप्दै भनिन्, ‘हो म प्रेममा छु । सहि समय आएपछि तपाईहरुलाई यसबारे थाहा हुन्छ । मेरो लागि माया प्रेम निकै महत्वपूर्ण छ, किनकी म मायामा विश्वास गर्छु ।’ अंकिताको पहिलो फिल्म मणिकर्णिका द् क्वीन अफ झाँसी यही जनावरी २५ देखि प्रदर्शन हुँदैछ ।