सारा भन्छिन्, ‘मलाई पढ्न एकदम मन पर्छ’
बलिउड अभिनेत्री सारा अली खानले ‘केदारनाथ’ फिल्मबाट डेब्यु गरिन् । डेब्यु फिल्मबाटै चर्चामा आएकी सारा अहिले फिल्म छनोट गर्दैछिन् । उनले आफ्नो पढाई बारे बोलेकी छन् ।
साराले आफ्नो पढाईका बारेमा बोल्दै भनिन, ‘१० कक्षा पढिसके पछि म चिकित्सा पढ्न चाहन्थे । मेरो हात कापिथ्यो, मलाई महसुस भयो म सर्जरी गर्न सक्दिन । मैंले कानुन पढ्ने निर्णय गरेर इतिहास र राजनीति विज्ञान पढ्न सुरु गरे । तर अन्तिम वर्ष अभिनय पाठ्यक्रम पढे ।’
उनले आफुलाई पढ्न रुचि भएको बताउँदै भनिन, ‘मलाई पढ्न एकदमै मन पर्छ । मैंले लगभग हरेक विषयको किताब अध्ययन गरिसकेको छु । तर रंगमन्चमा काम गर्दा होडबाजी रहेको महसुस गरे । मेरो सानै देखिको सपना अभिनय गर्नु हो । तर पनि यो सबबाट टाढा भएँ । पहिलो कुरा म मोटी थिए । दोस्रो पढाकु थिएँ । यसको मतलब मैंले अभिनय गर्न हुन्न थियो । त्यसैले पढाईमा फोकस गरें । एक समय यस्तो पनि आएको थियो मेरो आमाले किताब खोस्नु हुन्थ्यो । अनि भन्नुहुन्थयो यति धेरै पढाई पनि ठिक होइन ।’
दोस्रो फिल्म ‘सिम्बा’मा कम स्थान भएपछि सैफ अली खानले फिल्म छनोट गर्न सुझाएका छन् ।