कंगनाको ‘मणिकर्णिका’को विश्वभर उत्कृष्ट कलेक्सन
कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ले भारतमा राम्रो चर्चा बटुलिरहेको छ । साथै फिल्मलाई ओभरसीजमा पनि रुचाइएको छ ।
गतसाता शुक्रबार प्रर्दशन भएको फिल्मले ओभरसीजमा २० लाख डलर जम्मा गरेको छ । टे्रन्ड एनालिस्ट तरण आदर्शको अनुसार, क्यानडामा ७.१५ लाख डलर, युएई र जीसीसीमा ५.५५ लाख डलर, युकेमा १.५२ डलर, अस्टेलिया र फिजीमा २.०१ लाख डलर कमाइसकेको छ ।
भारतमा पनि फिल्मले राम्रो प्रर्दशन गरिरहेको छ । ६ औं दिन सम्म फिल्मले ५६ करोड कमाएको छ । मणिकर्णिकाले पहिलो दिनमा भारु.८.७५ करोड, दोस्रोमा भारु.१८.१० करोड, तेस्रोमा भारु.१५.७० र चौथो दिनमा भारु.५.१० करोड, पाँचौमा भारु.४.७५ करोड र छैठौं दिनमा भारु.४.५० करोड व्यापार गरेको छ ।
कंगना र राधा कृष्ण जगलामुन्डीले निर्देशन गरेको फिल्ममा कंगनासँगै अंकिता लोखन्डे र अतुल कुलकर्णीको पनि मुख्य भुमिका रहेको छ । साथै जिशु सेनगुप्ता, निहार पाण्डे, मनिष वाधवा लगायत कलाकारहरुको अभिनय रहेको छ ।