छोटो भूमिका भन्दै साराले ‘बागी ३’ छाडिन्
बलिउड अभिनेत्री सारा अली खानले ‘बागी ३’ फिल्म गर्न अस्विकार गरेकी छन् । बागी ३ को रिलिज मिति समेत तय गरिसकेको छ । तर अभिनेत्रीको खोजी भने पुरा भएको छैन ।
‘बागी’ फिल्मलाई अभिनेता टाइगर श्राफले लिड गर्दै आएका छन् । उनको बागी ३ मा पनि स्थान सुरक्षित रहेको छ । बक्स अफिसमा बागी र बागी २ ले राम्रो व्यापार गरेको थियो । ‘बागी’को पहिलो पार्टमा श्रद्धा कपुर र ‘बागी २’मा दिशा पटानी मुख्य भुमिकामा थिए ।
‘बागी ३’ मा सारा अली खान हुने लामो समय देखि चर्चा थियो । हालै साराले यो फिल्म गर्न अस्विकार गरेकी हुन् । साराले फिल्ममा आफ्नो भुमिका छोटो भएको भन्दै फिल्म छाडेकी छिन् । सैफ अली खान र अमृता सिंहको छोरी साराले डेब्यु फिल्म ‘केदारनाथ’बाट सर्वाधिक चर्चा बटुल्न सफल भइन् । सारा दोस्रो फिल्म ‘सिम्बा’मा फिक्का परिन् । दुवै फिल्म बक्स अफिसमा सफल भयो ।
तर सिम्बाको क्रेडिट रणवीर सिंहले लिए । यो फिल्ममा पनि साराको दमदार भुमिका नभएपछि साराले फिल्म छोडेको भारतिय मिडियामा चर्चा रहेको छ । अहमद खानले निर्देशन गर्ने फिल्म २०२० मार्च ६ मा रिलिज हुनेछ ।
तर सिम्बाको क्रेडिट रणवीर सिंहले लिए । यो फिल्ममा पनि साराको दमदार भुमिका नभएपछि साराले फिल्म छोडेको भारतिय मिडियामा चर्चा रहेको छ । अहमद खानले निर्देशन गर्ने फिल्म २०२० मार्च ६ मा रिलिज हुनेछ ।