शाहरुख र अक्षय यसकारण गर्दैनन् एकसाथ फिल्म
बलिउडका अभिनेता शाहरुख खान र अक्षय कुमार ‘दिल तो पागल है’ फिल्ममा एक साथ देखिएका थिए । त्यसपछि उनीहरुले एकै फिल्ममा काम गरेका छैनन । दर्शकहरु पनि उनीहरुलाई एकै फिल्ममा हेर्न चाहन्छन । तर यसबारे दुवैले ध्यान दिएका छैनन ।
हालै शाहरुखले चाहेर पनि अक्षयसँग काम गर्न नसकेको बताए । उनले भने, ‘अक्षय बिहान चार बजे उठेर छिटै सेटमा पुग्छन । छिट्टै स्टिङ्ग गरेर साँझ ६ बजे घर फकिन्छन । तर म साँझ ६ बजे काम सुरु गर्छु । बिहान चार बजे सुत्छु । यदि हाम्रो एक साथ सुट छ भने कसरी गर्न सक्छौ रु हामी चाहेर पनि एक साथ फिल्म गर्न सक्दैनौ ।’
शाहरुख र अक्षयलाई एक साथ हेर्ने दर्शकको चाहना कहिले पुरा हुन्छ पत्तो छैन । दुवै जना यो कुरालाई टार्दै आएका छन् । शाहरुख र अक्षय दुवै दिल्लीका हुन् । उनीहरुको नजिकको सम्बन्ध भने छैन । दुवैले बलिउडमा आफ्नो स्थान बनाइसकेका छन् ।