रणवीरले जतिबेला अभिनय नगर्नेे निणर्य गरे !
बलिउड अभिनेता रणवीर सिंहले सन् २०१० मा ‘ब्याण्ड बाजा बारात’ फिल्मबाट डेब्यु गरेका हुन् । रणवीरले अहिले बलिउडमा आफ्नो पहिचान बनाईसकेका छन् । तर यस्तो समय पनि आएको रणवीर निराश भएर अभिनय छोड्ने निर्णयमा पुगेका थिए ।
रणवीरले भने, ‘मैले बलिउडमा आफ्नो स्थान बनाउन सक्छु जस्तो लागेको थिएन । किनकी मेरो बलिउडमा कसैसँग चिन जान थिएन ।’उनले थप्दै भने, ‘बलिउडमा केहि गर्न सक्छु जस्तो नलागे पछि आफ्नै स्तरको काम गर्छु भन्ने सोचे । मैंले युनिभर्सिटी अफ अमेरिकामा पढाई गर्ने निर्णय गरे । उता भर्ना बन्द भएको रहेछ । तर एक्टिङ्ग क्लास खाली थियो । मैंले त्यहि भर्ना गरे । मलाई अझै याद छ, एडमिसनको पहिलो दिनै पर्फर्मेन्स गर्न लगाएका थिए । त्यो पर्फर्मेन्स सबैैले मन पराएका थिए । त्यतिबेला थाहा भयो म राम्रो पर्फर्मर रहेछु ।’
रणवीर सिंहको पछिल्लो फिल्म ‘सिम्बा’ बक्स अफिसमा सफल भयो । रणवीरको फिल्म ‘गली ब्याई’ फेबु्रअरी १४ मा रिलिज हुँदैछ । यो फिल्ममा रणवीरसँगै आलिया भट्टको मुख्य भुमिका रहेको छ ।