कंगनाले आफ्नै बायोपिक निर्देशन गर्ने
बलिउड अभिनेत्री कंगना रनावत आफ्नै बायोपिक फिल्म निर्देशन गर्ने भएकी छन् । उनले ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ फिल्ममा निर्देशकको जस पाइन् । यो फिल्मलाई राधा कृष्ण जगरलामुढीले आधा भन्दा बढि निर्देशन गरेका थिए ।
मणिकर्णिकाबाट निर्देशनमा डेब्यु गरेकी कंगनाले आफनै बायोपिक निर्दशन गर्ने हिम्मत देखाएकी हुन् । फिल्मका लागि स्क्रिप्ट बहुबलीका लेखक विजेन्द्र प्रसाद तयार पार्दैछन् । फिल्मको बारेमा कंगनाले भनिन्, ‘यो फिल्म मेरो जीवनमा आएका उताव चढावमा आधारित हुन्छ । फिल्ममा मेरो फिल्मी अनुभवलाई समेटिने छ । मेरो जीवन तपाईहरुबीच सार्वजनिक गर्नको लागि निकै उत्साहित छु । जुन मेरो लागि एक अविश्वसनीय छ । मेरो कहानी जादु भन्दा बढि जादु छ ।’
फिल्मको नाम तय भएको छैन । कंगनाको ‘मेन्टल हे क्या’ र ‘पंगा’ फिल्ममा अभिनय रहेको छ । यो फिल्मको छायांकन सकिएपछि कंगना आफनै बायोपिकमा व्यस्त रहने छिन् ।