कंगनाको ‘मर्णिकणिका’ सय करोड क्लबमा प्रवेश
कंगना रनावतको ‘मर्णिकणिकाः द क्विन अफ झाँसी’ सय करोड क्लवमा समावेश भएको छ । यो फिल्म अहिले चौथो हप्तामा प्रर्दशन भइरहेको छ ।
झाँसीकी रानी लक्ष्मीबाईको भुमिकामा देखिएकी कंगनाले अभिनय मार्फत दर्शकको मन जित्न सफल भएकी छिन् । कंगनाले फिल्मकर्मीको सहयोग नपाउँदा निकै आपत्ति जनाएकी थिइन । उनको फिल्म सुस्त रुपमा सय करोडको क्लबमा पुगेको हो । यो फिल्म मार्फत कंगनाले निर्देशनमा डेब्यु गरेकी छन् ।
फिल्मलाई राधा कृष्ण जगरलामुडी र कंगनाले निर्देशन गरेका हुन् । फिल्ममा कंगनाको साथै अंकिता लोखन्डे, अटुल कुलकर्नी, सुरेश उवेरै लगायत कलाकारको अभिनय गरेको छ ।