‘स्वतन्त्र विचार राख्ने महिलासँग प्रेम सजिलो’ : एकता
बलिउड फिल्म तथा टिभी शोकी निर्माता एकता कपूरले हालै एक अन्तर्वार्तामा स्वतन्त्र विचार राख्ने महिलासँग प्रेम गर्न सजिलो छ । तर ऊसँग विवाह गर्न गाह्रो रहेका बताएकी छिन् ।
एकता नयाँ वेब सीरीज ‘कहने को हमसफर हैं २’ तयारीमा रहेकी छिन् । उनले यो वेब सीरीजमा यस्तै कहानी देखाउने बताइन । एकता विवाह बिना केहि समय अगाडी मात्रै सरोगेसीबाट आमा बनेकी छिन् । आमा बनेपछि आफुमा निकै परिवर्तन आएको एकताले बताइन ।
कार्यक्रममा एकताको साथै ‘कहने को हमसफर हैं २’का अभिनेता रोनित राय र अभिनेत्री मोना सिंह सहभागी थिए । एकताले भनिन, ‘यो सीजनमा आफ्नो दिलले जे चाहेको छ । त्यो पुरा गर्ने केटीको कहानी देखाइने छ । तर यो कुराले ऊ खुशी छ भन्ने कुरा नै सीरीजको मुख्य कहानी हो । महिलाहरु यी पात्रहरुसँग आफु जोडिएको महसुस गर्ने छन् ।’