‘बोहिमेन र्यापसोडी’ का नायकलाई ओस्कार अवार्ड
विश्वकै ठूलो एकेडेमी अवार्ड ओस्कारको ९१ औँ संस्करण सम्पन्न भएको छ । अमेरिकाको लस एन्जल्समा सम्पन्न अवार्डमा ‘ग्रीनबूक’ले उत्कृष्ट फिल्म अवार्ड जितेको छ । ओलिभिया कोलम्यानले पहिलो पटक ओस्कार अवार्ड जितेकी छिन् ।
अवार्ड कार्यक्रममा हलिउड कलाकारहरु सहभागी रहेका थिए । उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘रोमा ‘बाट अल्फोंसो कौरोंनले जितेका छन् । उत्कृष्ट अभिनेताको अवार्ड रमी मलेकले फिल्म ‘बोहिमेन र्यापसोडी’बाट जितेका छन् भने ओलिभिया कोलम्यानले फिल्म ‘द फेवराइट’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । २४ विधामा वितरण गरिएको ओस्कर अवार्डको सूची ः
बेस्ट फिल्म : ग्रीनबूक
बेस्ट डाइरेक्टर : अल्फोंसो कौरोंन (रोमा)
बेस्ट एक्टर : रमी मलेक (बोहिमेन र्यापसोडी)
बेस्ट एक्टरेस : ओलिभिया कोलम्यान (द फेवराइट)
बेस्ट सपोर्टिङ एक्टर : मेहरशला अली (ग्रीनबूक)
बेस्ट सपोर्टिङ एक्टरेस : रेजिना किङ (इफ बेले स्ट्रिट कुड टक)
बेस्ट ओर्जिनल स्क्रिनप्ले : ग्रीनबूक
बेस्ट एडीटिङ : बोहिमेन र्यापसोडी
बेस्ट भिजुअल इफेक्ट्स : फर्स्ट म्यान
बेस्ट कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर
बेस्ट मेकअप एण्ड हेयर स्टाइलिङ : भाइस
बेस्ट प्रोडक्सन डिजाइन : ब्ल्याक प्यान्थर
बेस्ट सिनेम्याटोग्राफी : रोमा
बेस्ट साउण्ड मिक्सिङ : बोहिमेन र्यापसोडी
बेस्ट साउण्ड एडीटिङ : बोहिमेन र्यापसोडी
बेस्ट एनिमेटेड सर्ट फिल्म : बाव
बेस्ट ओर्जिनल स्कोर : ब्ल्याक प्यान्थर
बेस्ट ओर्जिनल सङ : ‘शेल’ (अ स्टार इस बर्न)
बेस्ट लाइभ एक्सन सर्ट फिल्म : स्क्रिन
बेस्ट डकुमेन्ट्री÷सर्ट सब्जेक्टस : पिरियड÷इन्ड अफ सेन्टेन्स
बेस्ट डकुमेन्ट्री फिचर : फ्री सोलो
बेस्ट फोंरेन ल्याग्वेज फिल्म : रोमा (मेक्सिको)
बेस्ट एनिमेटेड फिचर फिल्म : स्पाइडर म्यान÷इन टु द स्पाइडर भर्स
बेस्ट एडेप्टेड स्क्रिनप्ले : ब्ल्याक क्ल्यांसम्यान