बक्स अफिसमा कार्तिक-कृति चम्किए, सुशान्त चिप्लिए
गत शुक्रबार भारतिय बक्स अफिसमा दुई फिल्म रिलिज भएको छ । कार्तिक आर्यान र कृति सेनन स्टारर फिल्म ‘लुक्का छिप्पी’सँगै सुशान्त सिंह राजपूत स्टारर फिल्म ‘सोनचिडिया’ले बक्स अफिसमा प्रर्दशनीमा आएको छ ।
‘लुक्का छिप्पी’ले भारु ८ करोड १ लाखको ओपनिङ्ग गरेको थियो । यो फिल्मले दोस्रो दिन शनिबार भारु १० करोड ८ लाख, तेस्रो दिन आइतबार भारु १४ करोड ४ लाख, सोमबार भारु ७ करोड ९० लाख र मंगलबार भारु ५ करोड ४ लाख कमाएको छ । मंगलबारसम्म फिल्मले भारु ४५ करोड ७ जम्मा गरेको छ । उक्त जानकारी टे«न्ड एनालिस्ट तरण आदर्शले टविटर मार्फत जानकारी दिएका छन् । यो फिल्मले साँझ र रात्री शोबाट राम्रो कमाई गरेको हो । फिल्मको टिकट अकुपेन्सी दिल्ली र मुम्बई शहरमा उच्च रहेको छ । यो फिल्मबाट कार्तिक आर्यानको नँया रेर्कड कायम भएको छ । उनको सर्वाधिक ओपनिङ्ग गर्ने फिल्ममा लुक्का छिप्पी परेको छ ।
‘सोनचिडिया’ले पहिलो दिन भारु १ करोड २० लाख कमाएको थियो भने दोस्रो दिन भारु १ करोड ५० लाख कमाएको छ । कमजोर प्रदर्शनीले गर्दा फिल्मकर्मी आशावादी रहेका छैनन् । फिल्ममा सुशान्त सिंह राजपूतसँगै मनोज बाजपेयी, आशुतोष राणा र रणवीर शौरी लगायत कलाकारको अभिनय रहेको छ ।