‘प्रियालाई मुख्य भुमिकामा लिन दबाव थियो’ : निर्देशक
प्रिया प्रकाश वारियर ‘ओरु आदर लभ’ फिल्ममा आखाँ झिम्काउने सिनले निकै भाइरल भइन् । हालै यो फिल्मको निर्देशक ओमर लुलू र अभिनेत्री नूरीन शरीफले प्रियालाई लिड रोलमा लिनको लागि निर्माताहरुले दबाव दिएको बताएका छन् ।
यो फिल्ममा उनलाई सहअभिनेत्रीको रुपमा कास्ट गरिएको थियो । निर्देशकले एक अन्तर्वातामा भने, ‘जब फिल्मको गीतमा प्रियाको आखाँ झिम्काउने सिन भाइरल भयो । त्यसपछि निर्माताहरुले प्रियालाई मुख्य भुमिकामा राख्नको लागि दबाव गरेका थिए । सुरुमा यो फिल्मको कहानी युवा जोडीमा आधारित थियो । जसको हत्या गरिदिन्छन् । तर पछि प्रियालाई हाइलाइट गर्नको लागि फिल्मको कहानी परिवर्तन गरिएको थियो ।’ निर्देशकले फिल्मको निर्मातासँग विवाद भएको स्विकार गरेका छन् । उनले प्रियाको भन्दा नूरिनले राम्रो अभिनय गरेको समेत बताए ।
पहिलो फिल्ममै विवादमा तानिएकी प्रिया दोस्रो फिल्ममा पनि विवादमा फसेकी छिन् । उनले स्व.श्री देवी कपूरको बायोपिक ‘श्री देवी बोङलोर’मा अभिनय गरेकी छिन् । जसमा श्री देवीको मृत्युको दृश्यलाई देखाएको भन्दै बोनी कपूरले आपत्ति जनाएका थिए ।