‘कंगना किन रिसाको थाहा छैन’: आमिर खान
–एजेन्सी
बलिउड अभिनेता आमिर खानले मिडियासँग बिहिबार ५४ औं जन्मदिन मनाए । उनीसँग ‘मणिकर्णिका’ फिल्म रिलिज पश्चात कंगना रनावतले निकै आक्रोश व्यक्त गरेकी छन् ।
कंगनाको मणिकर्णिका फिल्मलाई कुनै बलिउड कलाकारको समर्थन नआएपछि मुख फोरेर बोलेकी थिइन । कंगनाले आलिया र आमिरप्रति निकै आक्रोश देखाएकी थिइन । कंगनाले आमिरको ‘दंगल’ र ‘सीक्रेट सुपरस्टार’ प्रिमियरमा हेरेको दाबी गरेकी छिन् । तर उनको फिल्मलाई आमिरले वास्ता गरेनन् । कंगनाको बयानमा आमिरले हालै बोलेका छन् । उनले भने, ‘कंगना मसँग किन रिसाएकी हुन् । मलाई थाहा छैन । उनले मलाई कहिलै रिसाउनुको कारण बताएकी छैनन् । हाम्रो भेट भयो भने सोध्छु ।’