भन्सालीको फिल्ममा आलिया र सलमानको जोडी
सञ्जय लीला भन्सालीको निर्देशनमा बन्न लागेको बलिउड फिल्म ‘इंसाअल्लाह’मा सलमान खानसँगै आलिया भट्ट फाइनल भएकी छन् । भन्साली र सलमानले २० वर्षपछि एक साथ काम गर्ने लागेका हुन् ।
भन्सालीको फिल्ममा दीपिका पादुकोण देखि लिएर करीना कपूरसम्म हुन सक्ने चर्चा थियो । फिल्मको औपचारिक घोषणा गर्दै आलिया र सलमानको जोडी फाइनल भएको छ । आलिया भन्सालीको फिल्ममा पहिलो पटक काम गर्दै छिन् । आलिया यो फिल्मको लागि निकै उत्साहित रहेकी छन् । सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै लेखेकी छन्, ‘उहाँहरुले खुल्ला आँखाले सपना देख भन्नु भयो मैले त्यहि गरे । सञ्जय सर र सलमान खानसँग काम गर्न पाउनु जादु हो ।
इंसाअल्लाहको शुखद यात्रामा जोडिनको लागि निकै प्रतिक्षा गरिरहेको छु ।’ फिल्ममा आलिया र सलमानको जोडी हुने फाइनल भएपछि सामाजिक सञ्जालमा ट्रोल बन्न थालेको छ । आलियालाई ‘बजरंगी भाईजान’की ‘मुन्नी’ पात्रको रुपमा प्रस्तुत गरेका छन् । आलिया र सलमानको उमेर २७ वर्ष फरक रहेको छ । आलिया २६ वर्षको भइन् भने सलमान ५३ वर्ष भए ।
आलिया अभिनित फिल्म ‘कलंक’ वैशाख ४ गते रिलिज हुँदैछ । त्यसपछि उनी रणबीर कपूरसँग ‘बम्ह्रास्त्र’मा व्यस्त हुनेछिन् । सलमान खान पनि अली अब्बास जफरले निर्देशन गरिरहेको फिल्म ‘भारत’मा व्यस्त छन् ।