कंगनालाई एडल्ट फिल्म खेल्न प्रस्ताव राख्ने के भन्छन् ?
बलिउड अभिनेत्री कंगना रनावतले सेन्सर बोर्डको पूर्व अध्यक्ष पहलाज निहलानी माथि आरोप लगाएकी छिन् । कंगनाले पोर्न फिल्म खेल्न लगाउन लागेको आरोप लगाएकी हुन् । उनलाई पहलाजले ‘आइ लभ यु बोस’ फिल्म अफर गरेका थिए । त्यस फिल्मको लागि कंगनाले फोटोसुट पनि गरेकी थिइन । उक्त फोटोसुट छोटो कपडा लगाएर गर्नु परेको थियो । उनले फिल्ममा पनि निकै कामुक द्वश्य दिनु पर्ने थियो । कंगनाले फोटोसुट गरेपछि फिल्म नखेल्ने निर्णय गरेकी थिइन् ।
कंगनाको यस बयान पछि पहलाजले खण्डन गरेका छन् । उनले भने, ‘मैले फोटोको विज्ञापनको लागि डेढ करोड रुपैयाँ खर्च गरेका थिए । तीनवटा गीतको लागि सुट गरिएको थियो । मेरो पोस्टर र विज्ञापनको कारण उनले महेश भट्टको फिल्म ‘ग्याङस्टार’मा काम पाइन् । कंगनाले मेरो साथ कुनै पनि गेम खेल्न हुँदैन । नत्र, मसँग उसको कुरा खोल्नको लागि धेरै छन् ।’
उनले फिल्मको बारेमा बोल्दै भने, ‘यो एक एडल्ट फिल्म थियो । त्यस फिल्ममा कंगना विवाह भएकी महिलाको भुमिका निभाउँदै थिइन । मैंले यो फिल्मको लागि अमिताभ बच्चनलाई सम्पर्क गरेको थिएँ । मैले उहाँलाई फिल्मको कहानी सुनाएको थिए । तर उहाँ अरु नै प्रोजेक्टमा व्यस्त भएर फिल्म गर्दिंन भन्नु भएको थियो । यो पोर्न फिल्म थिएन । म त्यस्तो फिल्म रुचि समेत राख्दिन ।’