लता मंगेशकरसँग रेलवे स्टेसनमा गीत गाउने रानूको तुलना
एजेन्सी –रेलवे स्टेशनमा गीत गाएर भाइरल बनेकी रानू मन्डलको चर्चा सेलाएको छैन । उनले रेलवे स्टेसनमा लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ गाएको भिडियो निकै भाइरल भएको छ । यो भिडियो हालसम्म १ अर्ब ४० लाख भन्दा बढि मानिसले हेरिसकेका छन् । साथै उनलाई लता मंगेशकरसँग तुलना गरिएको छ ।
यो भिडियो भाइरल भएसँगै उनलाई संगीतकार तथा नायक हिमेश रेशमियाले बलिउड गीत गाउने अवसर दिए । हिमेशले रानूलाई लिएर ‘ह्याप्पी हार्डी एण्ड हिर’ फिल्मको लागि ‘तेरी मेरी कहानी’ बोलको गीत रेकर्ड गराएका छन् । हिमेशले रेर्कड गराएको केहि टुक्रा सामाजिक सञ्जालमा हालेका थिए । यो टुक्रापनि निकै भाइरल भइरहेको छ । रेलवे स्टेसनमा गीत गाउने रानूलाई बलिउडमा अवसर दिएकोमा हिमेशले निकै तारिफ बटुलिरहेका छन् । तर, उनले यसको क्रेडिट खान परिवारलाई दिएका छन् ।
उनलाई रानूसँग गीत रेर्कड गराउन सलमान खानको पिता सलीम खानले सल्लाह दिएका थिए । उनले भने, ‘सलमान भाईको पिता सलीम अंकलको सल्लाह मेरो लागि निकै प्रभावकारी रहन्छ । उहाँले पहिला मलाई एक सल्लाह दिएका थिए, ‘यदि तिमि कुनै पनि ट्यालेन्ट मान्छेसँग टकराउँछौ भने जान नदिनु ।’ मैले रानूको भाइरल भिडियो देखेको थिए । उहाँको सल्लाहलाई पालना गर्दैैै मैले रानूलाई अवसर दिने सोच बनाएको हो ।’
हिमेशले रानूलाई रियालिटी शोमा गीत गाउन समेत अफर गरेका छन् । साथै उनलाई कलकत्ता, केरला, बंगलादेशबाट पनि गीत गाउन अफर आएको छ ।