प्रभासको ‘साहो’ पहिलो दिनमै सय करोड क्लबमा प्रवेश
एजेन्सी– साउथ सुपरस्टार प्रभास अभिनित बलिउड फिल्म ‘साहो’ले भारु. १०४ करोड ८ लाखमा ओपनिङ गरेको छ । यो फिल्म पहिलो दिनमै सय करोड क्लबमा प्रवेश गरेको छ ।
हिन्दी, तमिल, तेलुगू र मलयालम गरी चार भाषामा रिलिज गरिएको फिल्मले पहिलो दिनमा १०४ करोड ८ लाख ग्रस कलेक्सन गरेको हो । फिल्मले हिन्दी भाषामा भारु २४ करोड ४० लाख कमाइ गरेको छ । यो फिल्मले सबैभन्दा धेरै कमाई तेलुगू सर्कलमा गरेको छ । फिल्मले पहिलो दिनमा राम्रो प्रर्दशन गर्दा पनि ‘बाहुबली’को रेकर्ड तोड्न सकेको छैन । बाहुबलीले २१४ करोडमा ओपनिङ गरेको थियो ।
भारतिय टे्रन्ड एर्नालिस्ट तरण आदर्शको अनुसार, यो वर्ष रिलिज भएको हिन्दी भाषामा साहो सर्वाधिक ओपनिङ गर्ने फिल्मको तेश्रो नम्बरमा रहेको छ । सलमानको ‘भारत’ले ४२ करोड ३० लाखमा ओपनिङ गरेको थियो भने अक्षय कुमारको ‘मिशन मंगल’ २९ करोड १६ लाख ओपनिङ छ ।
सुजितले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रद्धा कपूर, ज्याकी श्राफ, निल नितिन मुकेश लगायत कलाकारको अभिनय रहेको छ ।