‘बुबाको भन्दा राम्रो डान्स गर्न सक्छु’: करण देओल
एजेन्सी– बलिउड अभिनेता सनी देओलका छोरा करण देओल बलिउडमा डेब्यु गर्दैछन् । छोराको डेब्युलाई लिएर सनी उत्साहितको साथ साथै नर्भस पनि छन् । उनी छोराको डेब्युलाई शानदार बनाउनका लागि हरेक प्रयास गरिरहेका छन् ।
सनी र करण अहिले फिल्मको प्रमोशनमा व्यस्त छन् । ९० को दशकमा सनीको एक्सन निकै चर्चामा थियो । तर उनी राम्रो डान्स गर्न सक्दैनन् थिए । यो कुरालाई सनी आफैले पनि स्विकार गरेका छन् । एक अन्तर्वार्तामा करणले बुबाको भन्दा राम्रो डान्स गर्न सक्ने बताएका छन् । उनले भने, ‘म मेरो बुबा भन्दा राम्रो डान्स गर्न सक्छु तर काका बोबी देओललाई चुनौति दिन सक्दिन । म डान्स गर्न सक्छु यसको मतलब म निकै राम्रो डान्सर हो भन्ने होइन । म कुनै पनि डान्स स्टेप सजिलै सिक्न सक्छु ।’
सनी देओलले निर्देशन गरेको फिल्म ‘पल पल दिल के पास’बाट करण देओल र नायिका सहर बम्बा डेब्यु गर्दैछन् । यो फिल्म सिक्टेबर २० अर्थात असोज ३ गते देखि प्रर्दशन हुँदैछ ।