मी टूमा फसेका अनु मलिक इन्डियन आइडलमा फर्किए
एजेन्सी– गत वर्ष बलिउडमा मी टू अभियानले तहल्का मचाएको थियो । मी टू अभियानले ठूला ठूला सेलिब्रेटीको करियरमा धक्का पुराएको थियो । अहिले मी टू अभियान सेलाउदै गएको छ । बिस्तारै मी टूमा फसेका हस्तीहरु बलिउडमा फर्किदैछन् ।
गायिका सोना मोहपात्रा र श्वेता पण्डितले सन् २०१८ मा मी टू अभियान मार्फत अनु मलिकलाई यौन शोषणको आरोप लगाएका थिए । यौन शोषणको आरोप लगाएपछि अनु मलिकलाई इन्डियन आइडल रियालिटी शोबाट निकालिएको थियो । तर यो घटना एक वर्ष बित्न नपाउदै अनु मलिक शोमा फर्किएका छन् ।
अनु मलिक शोमा फर्किएसँगै सोना मोहपात्राले टुविट गर्दै लेखेकी छिन्, ‘सोनी टीवी द्वारा अनु मलिकलाई पूनः बोलाउनु भारतमा आफ्नो बच्चाको लागि राम्रो र सुरक्षित भविष्य चाहने व्यक्तिहरुको लागि मुखमा थप्पड हो ।’ अनु मलिकलाई श्वेता पण्डितले १५ वर्षको हुँदा किस मागेको आरोप लगाएकी थिइन् । तर अहिले श्वेताले केहि बोलेकी छैनन् ।
अनु मलिक अहिले इन्डियन आइडलको शुटिङमा व्यस्त छन् । शोमा उनको साथै नेहा कक्कड र विशाल डडलानी पनि जजको भुमिका निर्वाह गर्दैछन् । उनलाई इन्डियन आइडलमा लिने निर्णय शोको मेकर्स र च्यानल हो । किनकी, अनु मलिकको शेर र शायरीले इन्डियन आइडलको पहिचान बनाएको छ । उनले सन् २००४ देखि शोमा जज गरिरहेका छन् ।