नितेश तिवारीको ‘रामायण’मा प्रभास रावण बन्ने चर्चा
एजेन्सी– ‘दंगल’ र ‘छिछोरे’का निर्देशक नितेश तिवारी ‘रामायण’ फिल्म निर्माणको तयारीमा रहेका छन् । भारतिय मिडिया अनुसार, ऋतिक रोशनलाई राम र दीपिका पादुकोणलाई सीताको भुमिकामा अनुबन्धित गर्ने चर्चा रहेको छ । यसै बिच साउथ सुपरस्टार प्रभासलाई रावणको भुमिका अफर गरिएको खबर बाहिरिएको छ ।
यो फिल्ममा साउथ सुपरस्टार प्रभासलाई रावणको भुमिका अफर गरिएको खबरले बलिउड निकै तातेको छ । रामायणको टिमको अनुसार, प्रभासको पर्सनालिटी रावणको भुमिकाको लागि उचित रहेको छ । उनको शारिरीक बनावट रावणको भुमिकाको लागि एकदम फिट छ । तर, अहिले सम्म प्रभासले केहि निर्णय लिएका छैनन् ।
यो फिल्मको बजेट ६०० करोड रहेको छ । यो फिल्म बलिउडमा सबैभन्दा बढि बजेटमा बन्न लागेको फिल्म हो । यसलाई हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिनेछ ।
ऋतिकको अक्टोबर २ मा फिल्म ‘वार’ रिलिज हुँदैछ । दीपिकाले पनि आगामी फिल्म ‘८३’ र ‘छपाकको’ सुटिङ गरिसकेकी छिन् । त्यसैगरी प्रभासको ‘साहो’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।