find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ऋतिक र टाइगरको ‘वार’ले राख्यो रेकर्ड नै रेकर्ड

एजेन्सी – बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । यो फिल्मले हिन्दी भाषामा ५१ करोड ६० लाख कमाएको छ भने तामिल र तेलुगु भाषामा १ करोड ७५ लाख कमाएको छ । गान्धी जयन्तीको अवसरमा रिलिज गरिएको फिल्मले पहिलो दिनमै ५३ करोड ३५ लाख कलेक्सन गरेको छ ।

यो फिल्मले गतवर्ष दिपावलीमा रिलिज भएको ‘ठग्स अफ हिन्दोस्तान’को रेर्कड तोडेको छ । ठग्स अफ हिन्दोस्तानले ५२ करोडको ओपनिङ गरेको थियो । ऋतिक र टाइगरको वार नयाँ रेर्कड कायम राख्न सफल भएको छ । यो फिल्म हिन्दी फिल्ममा सबै भन्दा बढि कमाउने फिल्म हो । साथै ऋतिक, टाइगर र यसराज ब्यानरको ठूलो ओपनर फिल्म बनेको छ ।

सलमान खानको फिल्म ‘भारत’लाई पछाडी पार्दै वार २०१९ रिलिज भएको फिल्म मध्ये ठूलो ओपनर बनेको छ । भारु. ५३ करोड ३५ लाख कलेक्सन गरेर वार पहिलो नम्बरमा परेको छ भने सलमानको फिल्म भारतले ४२ करोड ३० लाखमा ओपनिङ गर्दा दोस्रो नम्बरमा झरेको छ । २९ करोड १६ लाखमा ओपनिङ गरेर ‘मिसन मंगल’ तेस्रो नम्बरमा रहेको छ, २४ करोड ४० लाखमा ओपनिङ गरेर ‘साहो‘ चौथो नम्बरमा छ भने २१ करोड ६० कलेक्सन गरेको फिल्म ‘कलंक’ पाँचौ नम्बरमा रहेको छ ।

यो फिल्म भारतमा ४ हजार स्क्रिन्समा रिलिज भएको छ भने ओभरसिजमा १ हजार ३५० स्क्रिन्समा रिलिज गरिएको छ । सिद्धार्थ आनन्दले निर्देशन गरेको ऋतिक र टाइगरसँगै बानी कपूरको पनि मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha