‘बुबाको दोस्रो बिहेमा जान मम्मीले लेहंगा किन्दिनु भयो’: सारा
सैफ अली खानले करीना कपूरसँग दोस्रो विवाह सन् २०१२ मा गरेका थिए । करीना सैफ भन्दा १० वर्ष कान्छी छिन् । सैफको विवाहमा उनकी छोरी सारा अली खान र छोरा इब्राहिम पनि उपस्थित भएका थिए ।
साराले हालै भारतिय मिडियासँगको कुराकानीमा आमा अमृता सिंहले बुबाको विवाहमा जानको लागि लेहंगा गिफ्ट गरेको बताइन् । उनले भनिन्, ‘जब मेरो बुबा करीनासँग विवाह हुँदै थियो । मलाई अझै याद छ, मम्मीले मेरो लागि केहि ज्वेलरी निकाल्न मलाई लकर लिएर जानु भएको थियो । मैले मम्मीलाई सोधेको थिए म कुन चै झुम्का लगाऊ भनेर । उहाँले लेहंगाको लागि डिजाइनर अबू जानी र सन्दिप खोसलालाई फोन गर्नु भएको थियो । मम्मीले उहाँहरुलाई सैफको विवाहमा सारा सबै भन्दा राम्री देखियोस् भन्नु भएको थियो ।’
सैफको छोरा छोरीसँग करीनाको सुमधुर सम्बन्ध छ । सारा र अब्राहम करीनाको छोरा तैमूरलाई निकै माया गर्छन् । त्यसैले पनि करीनासँग प्रगाढ सम्बन्ध कायम भएको छ ।