चुनाव प्रचार गर्दा स्वराले गुमाइन् ४ ब्रान्ड्स
एजेन्सी – बलिउड नायिका स्वरा भास्करले सन् २०१९ लोकसभा चुनावको प्रचार गर्दा उनको हातबाट ४ वटा ब्रान्ड्स खोसिएको छ । स्वराले चुनाव प्रचारको क्रममा कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमारलाई समर्थन गरेकी थिइन् । उनले कन्हैयालाई समर्थन मात्र गरेकी थिइन्न । उनी प्रचारमा समेत हिडेकी थिइन् ।
स्वराले आगामी फिल्म ‘शीर कोरमा’ पोस्टर सार्वजनिक कार्यक्रममा राजनीतिकमा सहभागी हुदा ४ वटा ब्रान्ड्स गुमाएको खुलासा गरेकी हुन् । उनले भनिन्, ‘मैले लोकसभा चुनावको प्रचार गरेको दिन ४ वटा ब्रान्ड्स र ३ वटा इभेन्ट्स गुमाएको थिए । सर्वसाधरण जीवन जिउदा धेरै चिज दाउ लगाउनु पर्छ । कलाकारले कुनै विषयमा बयान दिएपछि उसको कारमा ढुंगा मुढा हानिन्छ । स्टारको जीवन जिउदा आफ्नो जिन्दगी, परिवार र करियर लगातार दाउमा लाग्छ ।’
उनले थप्दै भनिन्, ‘अहिले सामाजिक र राजनीतिक विषयमा फिल्म बनाउदा बलिउड अलि जिम्मेदार भएको छ । मलाई लाग्छ, बलिउड र अरु भाषाका फिल्महरु अलि संवेदनशील हुनुपर्छ । अब फिल्ममा पनि धर्म, जाति र लैंगिकताको विषय उठान गर्नु पर्छ ।’
फराज आरिफ अन्सारीले निर्देशन गरेको फिल्ममा स्वराको साथै दिव्या दत्ताको मुख्य भुमिका रहेको छ । उनीहरु फिल्ममा लेस्बियनको भुमिकामा देखिदैछन् ।