प्रियंकाको ‘द स्काइ इज पिंक’ बक्स अफिसमा सुस्ताउदै
एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडा फिल्म ‘द स्काइ इज पिंक’ मार्फत ३ वर्ष पछि बलिउडमा फर्किएकी छिन् । यो फिल्मको प्रमोशनको लागि प्रियंका भारतमा पनि आएकी थिइन् । तर, प्रियंकाको मिहेन्तले खासै रंग देखाउन सकेन । ‘द स्काइ इज पिंक’को व्यापार दिन प्रतिदिन घट्दोक्रममा रहेको छ ।
५० करोडको लगानीमा निर्माण भएको फिल्मले शुक्रबार भारु २ करोडको व्यापार गर्दै कमजोर ओपनिङ गरेको थियो । भारतिय मिडिया अनुसार फिल्मले दोस्रो दिन शनिबार भारु ५ करोड र तेस्रो दिनमा ४ करोड व्यापार गरेको छ ।
शोनाली बोसले निर्देशन गरेको फिल्ममा प्रियंका र फरहान अख्तरसँगै फिल्मी दुनियाँलाई अलविदा गरेकी जायरा वसिम र रोहित साराफको पनि मुख्य भुमिका रहेको छ । द स्काइ इज पिंक मोटिभेसनल स्पिकर आयसा चौधरीको जिवनमा आधारित रहेको छ ।