ऋतिक र टाइगरको ‘वार’ बन्यो सर्वाधिक कमाउने फिल्म
एजेन्सी – बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ले सर्वाधिक व्यापार गर्ने हिन्दी फिल्मको रेकर्ड बनाएको छ । वारले ‘कबीर सिंह’ र ‘उरीः द सर्जिकल स्टाइक’लाई पछि पार्दै सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड राखेको हो ।
भारतिय ट्रेण्ड एर्नालिस्ट तरण आदर्शले ट्युविट गर्दै वारले नयाँ रेकर्ड राखेको जानकारी गराएका हुन् । यो फिल्मले २८० करोड ६० लाख कलेक्शन गरिसकेको छ । यसमा हिन्दी, तमिल र तेलुगु संस्करणको व्यापार पनि समावेश गरिएको छ । वारले सर्वाधिक कमाई गर्ने हिन्दी फिल्मको रेकर्ड राखेसँगै १० औं सर्वाधिक व्यापार फिल्मको रेकर्ड कायम गरेको छ । अहिले सम्म बाहुबली २ एक नम्बरमा रहेको छ । क्रमशः दंगल, सञ्जु, पीके, टाइगर जिन्दा है, बजरंगी भाईजान, पद्मावत, सुल्तान, धुम ३ र कबीर सिंह ११ औं सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड राख्दै आएको छ भने उरीले १२ औं सर्वाधिक व्यापार गर्ने फिल्म भित्र रहेको छ ।
शाहिद कपूर अभिनित फिल्म कबिर सिंहले २७८ करोड २४ लाख लाइफ टाइम व्यापार गरेको थियो भने उरीले २४४ करोड ६ लाख लाइफ टाइम व्यापार गरेको छ । सिद्धार्थ आनन्द निर्देशित फिल्म वारले ५३ करोड ३५ लाखमा ओपनिङ गरेको थियो । १४ औं दिनमै २८० करोड कमाएको फिल्मको व्यापार अझै बढ्ने अनुमान रहेको छ । यश राज फिल्मस् ब्यानरबाट बनेको एक्सन थ्रिलर फिल्ममा वाणी कपूरको पनि अभिनय रहेको छ ।