अस्पतालबाट फर्किएपछि मिडियासँग आक्रोश भए अमिताभ
एजेन्सी – बलिउड महानायक अमिताभ बच्चनले आफ्नो बिमारी बारे मिडियामा आएका कुरा प्रति आपत्ति जनाएका छन् । उनले एक ब्लग सार्वजनिक गरेका छन् । उनले मेडिकल स्थिति सबै व्यक्तिको गोपनिय अधिकार भन्दै यसलाई व्यवसायीकरण गर्न नहुने उल्लेख गरेका छन् । अमिताभ मंगलबार मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए । उनी शुक्रबार राती अस्पतालबाट घर फकिएका छन् ।
उनले ब्लगमा लेखेका छन्, ‘बिमारी र मेडिकल स्थिति गोपनिय व्यक्तिगत अधिकार हो । यस्ता कुराले आचरण शोषण गर्छ । यस बारे थोरै जानकारी राखौं र यसको सम्मान गरौं । दुनियाँमा सबै कुरा बिक्नको लागि हुँदैन ।’ उनले ब्लगमा शुभ चिन्तकलाई माया र धन्यवाद प्रकट गरेका छन् ।
महानायक बच्चन मंगलबार देखि ‘कौन बनेगा करोडपति’ सुटिङमा सहभागी हुनेछन् । उनी अब ‘गुलाबो सिताबो, झुन्डु, चेहरे र ब्रह्रास्त्र’ लगायत फिल्ममा देखिनेछन् ।