नेहालाई प्रतिस्पर्धी चुम्बन गरेपछि विशाल भने, ‘पुलिस बोलाउ भनेको थिए’
भारतिय चर्चित गायिका नेहा कक्कडलाई गायन रियालिटी शो ‘इन्डियन आइडल ११’ का एक प्रतिस्पर्धीले जबजस्ती चुम्बन गरे । उक्त घटनाबारे जर्ज विशाल ददलानी, अनु मलिक र कार्यक्रम होस्ट आदित्य नारायण मौन बसे । उनीहरु किन चुप बसे भन्ने प्रश्नले सामाजिक सञ्जाल तातेको छ ।
यस विषयमा सबै भन्दा बढि विशाललाई प्रश्न सोधिएको छ । विशालले टुविट मार्फत पुलिस बोलाउन चाहेको बताउदै भने, ‘मैले पुलिसलाई बोलाउ भनेको थिए तर नेहाले पुलिस नबोलाउने निणर्य गरेकी हुन् । त्यस प्रतिस्पर्धीलाई मनोवैज्ञानिक सहयोगको आवश्यक छ । उसलाई सहयोग गर्न सक्छौं भने हामी सक्दो प्रयास गर्छौं ।’
मिलन राजपुत नेहाको एकदमै ठूलो फ्यान थिए । उनले नेहाको लागि धेरै गिफ्ट लिएर आएका थिए । उनले नेहाको नामको ट्याटु समेत खोपेका छन् । फ्यानको माया देखेर नेहाले उनलाई हक गरेको थिइन् । तर मिलनले नेहाको गालामा चुम्बन गरे । उनले अचानक चुम्बन गरेपछि नेहा लामो समय सम्म यस घटनाबाट बाहिर आउन सकिनन् ।