सलमान खानको ‘राधे’को छायांकन सुरु, २०२०को ईदमा रिलिज
एजेन्सी – बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधे’को छायांकन सुरु भएको छ । सलमानले फिल्मको शुभ मुहूर्त पछि सामाजिक सञ्जालमा तस्बिर सेयर गरेका छन् ।
सलमानले तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यात्रा सुरु भयो ।’ केहि समय अगाडी सलमानले यो फिल्म २०२० को ईदमा रिलिज गर्ने घोषणा गरेका थिए । सलमानले २००८ देखि ईदमा हल कब्जा गर्दै आएका छन् । अर्काे वर्ष ईदमा सञ्जय लीला भन्सालीको ‘इन्साअल्लाह’ आउने कुरा थियो । सलमानले फिल्मबाट हात झिके पछि काम रोकिएको छ । सलमानले ईद नछोड्ने निर्णय लिएर राधेको घोषणा गरेका छन् । प्रभुदेवाले निर्देशन गर्ने लागेको फिल्ममा सलमान, दिशा पाटनी रणदीप हुड्डा, सोहेल खान, ज्याकी श्राफ, अतुल अग्रिहोत्री लगायत कलाकारको अभिनय रहने छ । २०२० ईदमा सलमान खानको राधेसँगै अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम्ब’ पनि रिलिज हुनेछ ।
सलमानको यहि डिसेम्बर २० मा ‘दबंग ३’ रिलिज हुँदैछ । यो फिल्मलाई पनि प्रभुदेवाले नै निर्देशन गरेका हुन् ।