ऋतिक रोशनको फ्यान भएको कारण पत्नीको हत्या
एजेन्सी – अमेरिकाका ३३ वर्षीय एक युवकले आफ्नी पत्नीको हत्या गरेका छन् । उनी बलिउड अभिनेता ऋतिक रोशनको फ्यान भएकाले नै उनको हत्या गरिएको प्रहरीले जनाएको छ । अमेरिकी मिडियाका अनुसार पत्नीको हत्या गरेपछि युवाले झुन्डिएर आत्महत्या गरेका छन् ।
द न्युयोर्क पोस्टका अनुसार दिनेश्वर बुद्धिदत न्यर्योकको क्वींसमा बस्थे । उनले २७ वर्षीया पत्नी डोने डोज्वायको हत्या गरेका हुन् । उनीहरुले चार महिना पहिला २०१९ जुलाईमा विवाह गरेका थिए । हत्या गरेपछि दिनेश्वरले पत्नीको बहिनीलाई म्यासेज गरेर हत्याको जानकारी दिएका थिए । साथै उनले घरको चावी गमलाको तल राखेको समेत बताएका थिए ।
सोधपुछको क्रममा पत्नी डोनेको एक साथीले डोनेलाई बलिउड अभिनेता ऋतिक रोशन एकदमै मनपर्ने बताइन् । डोनेको ऋतिक क्रश थिए । उनी ऋतिकको हरेक फिल्म हेर्न जान्थिन् । तर दिनेश्वरलाई यो कुरा मन पर्दैन थियो ।
डोनले टीभीमा ऋतिकको फिल्म हेर्दा पनि टीभी बन्द गरिदिन्थे । ऋतिककै फ्यान भएको कारण डोन र दिनेश्वरको पहिला पनि झगडा परेको थियो । २१ अगस्तमा दिनेश्वरलाई घरेलु हिंसा गरेको आरोपमा गिरफ्तार गरिएको थियो ।