वाणीले ‘हरे राम’ लेखिएको विकिनी टप लगाउदा विरोध
एजेन्सी – बलिउड नायिका वाणी कपुर आफ्नो फेसन र बोल्ड फोटोसुटका कारण चर्चामा छाइरहन्छिन् । तर, वाणीले हालै आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गर्दा आलोचित भएकी छिन् ।
उनले ‘हरे राम’ लेखिएको विकिनी टप लगाउदा आलोचित भएकी हुन् । उनको यो ड्रेस मानिसहरुलाई मन परेन र उनीहरुले वाणीलाई सामाजिक सञ्जालमा ट्रोल गरिरहेका छन् । साथै उनले धर्मको मजाक उडाएको भन्दै विरोध जताइरहेका छन् ।
समित गालेनले टुविट लेखेका छन्, ‘बलिउड अभिनेत्री वाणी कपूरले आफ्नो इन्स्टाग्राममा आफ्नो फोटो पोस्ट गरेको छिन् । उक्त फोटोमा आराध्य प्रभु ‘श्री राम’ नाम अकिंत छ । हामी यसको विरोध गछौं । यो फोटोले हाम्रो धार्मिक भावनालाई आहत गरेको छ ।’ सामाजिक सञ्जालमा वाणीलाई गालीको वर्षात नै भएको छ ।
वाणीले विरोध आएपछि आफ्नो अकाउन्टबाट फोटो हटाएकी छिन् ।