‘जर्सी’मा शाहिद र मृणालको जोडी
एजेन्सी – बलिउड नायक शाहिद कपूरको नयाँ फिल्म ‘जर्सी’मा मृणाल ठाकुर अनुबन्धित भएकी छिन् । टेलिफिल्म हुर्दै फिल्म क्षेत्रमा आएकी मृणालले ‘सुपर ३० र बाल्टा हाउस’मा काम गरिसकेकी छिन् । यो तेलुगू फिल्मको रिमेक हो ।
गौतम तिन्नानुरीले तेलुगू जर्सीलाई निर्देशन गरेका थिए । यो फिल्मलाई पनि निर्देशक गौतमले नै निर्देशन गर्दैछन् । मृणाल शाहिदसँग काम गर्न पाउदा निकै उत्साहित रहेकी छिन् । उनले भनिन्, ‘जर्सीमा शाहिदको अपोजिट हुदाँ निकै खुशि छु । म ओरजिनल फिल्म हेर्दा इमोशनल भए । मलाई यो फिल्मको यति गहिरो प्रभाव पर्याे कि आफ्नो दिलबाट निकाल्नै सकेको छैन । यो फिल्ममा काम गर्न पाउनु मेरो लागि ठूलो कुरा हो ।’
यो फिल्ममा शाहिद क्रिकेटरको भुमिका निभाउर्दैछन् । यो फिल्म २०२० अगस्त २८ मा प्रर्दशन हुनेछ ।