अर्जुनको बैवाहिक सम्बन्ध टुट्यो, प्रेमिका गर्भवती !
एजेन्सी – बलिउड अभिनेता अर्जुन रामपाल र सुपरमोडल मेहर जेसियाले सम्बन्ध विच्छेद गरेका छन् । उनीहरुको सम्बन्ध लामो समय देखि बिग्रेको थियो । यहाँसम्म कि अर्जुनको प्रेमिका गर्भवती छिन् । हालै अर्जुन र मेहर विवाह भएको २१ वर्षपछि कानुनी रुपमा अगल भएका छन् ।
अर्जुन र मेहरको सन् १९९८ मा विवाह भएको थियो । उनीहरुको दुई छोरी माहिका र मायरा पनि छन् । उनीहरुले गर्तवर्ष नै सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका थिए । यसपछि अर्जुन घर छाडेर मुम्बईमा सिफ्ट भएका थिए । भारतिय मिडिया अनुसार, मुख्य न्यायाधीश शैलजा सावन्तले स्पेशल म्यारिज एक्टद्धारा सम्बन्ध विच्छेद गर्न अनुमति दिएका हुन् ।
अदालतले उनीहरुको दुई छोरी आमा मेहरसँगै रहने फैसला गरेको छ । अर्जुन रामपाल हाल साउथ अफ्रिकन मोडल तथा अभिनेत्री ग्याब्रिएला डेमेट्रिएड्ससँग सम्बन्धमा छन् ।