‘म दीपिकालाई सौता भन्छु’ : अर्जुन कपूर
एजेन्सी – बलिउड नायक अर्जुन कपूरले नायिका दीपिका पादुकोणलाई सौता भनेका छन् । उनले रणवीर सिंहसँग आफ्नो मित्रताको बारेमा बताउदै गर्दा दीपिकालाई सौता भनेका हुन् ।
अर्जुनले भारतिय मिडियासँग कुराकानी गर्दै भने, ‘रणवीर र मेरो मित्रता निकै गहिरो छ । उसले मेरो गीत हेरेपछि लामो नोट लेखेको थियो र गालामा चुम्बन गरेका थियो । म रणवीरकी पत्नी दीपिकालाई म तिम्रो सौता हुँ भन्छु ।’
रणवीर सिंहले पिरियड फिल्ममा आफुलाई सावित गरिसकेका छन् । तर अर्जुनले रणवीरसँग सल्लाह नलिएको बताए । उनले भने, ‘आशु सर र सञ्जय लिला भन्सालीको फिल्म बनाउने तरिका फरक फरक छ । म आफ्नो फिल्मको कहानीलाई आफ्नो निर्देशकको तरिकाबाट गर्न चाहन्थे । यदि मलाई रणवीरले सल्लाह दिएको भए सञ्जय सरले काम गर्ने हिसाबले दिन्थ्यो । म सञ्जय सरलाई सम्मान गर्छु तर फिल्मको लागि उहाँको सल्लाह आवश्यक थिएन । किनकी बाजीराव र सदाशिव फरक फरक कालखण्डका हुन् ।’
आशुतोष गोवारीकरले निर्देशन गरेको फिल्ममा अर्जुनसँगै सञ्जय दत्त, कृति सैनन पनि मुुख्य भुमिका रहेको छ । यो फिल्म डिसेम्बर ६ देखि प्रर्दशन हुँदैछ ।