अक्षय र करीनाको ‘गुड न्यूज’को सुखद व्यापार
एजेन्सी – बलिउड अभिनेता अक्षय कुमार र करीना कपूर खान स्टारर फिल्म ‘गुड न्यूज’ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । यो फिल्मले घरेलु बक्स अफिसमा १७ करोड ५६ लाखको ओपनिङ्ग गरेको छ । दोस्रो दिन फिल्मको कमाईमा सुधार आएको छ ।
दोस्रो दिन फिल्मले २१ करोड ७८ लाख व्यापार गरेको छ । अहिलेसम्म फिल्मले बक्स अफिसमा ३९ करोड ३४ लाख जम्मा गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको व्यापार सार्वजनिक गर्दै लेखेका छन्, ‘गुड न्यूजले आफ्नै नाम जस्तै व्यापार गरेको छ । यो फिल्म हेर्नका लागि दर्शकको भिड भाड बढ्दैछ ।’
राज मेहताले निर्देशन गरेको फिल्ममा अक्षय र करीनासँगै दिलजित दोसाँझ, कियारा अडवानीको मुख्य भुमिका रहेको छ ।