काजोलले लगाइन् सैफलाई धोका दिएको आरोप
एजेन्सी – बलिउड अभिनेत्री काजोलले एक ट्विट गर्दै अभिनेता सैफ अलि खानलाई धोका दिएको आरोप लगाएकी छिन् । उनको यो ट्विट निकै भाइरल भइरहेको छ ।
काजोलले अजय देवगनसँग सैफको एक तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘तपाईंले मलाई ओमकारामा धोका दिनु भयो, अब प्रमोसनको समयमा पनि धोका दिइरहनु भएको छ । आशा छ तपाई यो स्विजरत्याण्डमै पढ्दै हुनुहन्छ ।’ उनीहरुको आगामी फिल्म ‘तानाजीः अनसङ वारियर’ जनवरी १० मा रिलिज हुँदैछ । अहिले फिल्मको प्रमोसनको लागि काजोल र अजय देवगन मात्रै धाईरहेका छन् । यसमा सैफको पनि मुख्य भुमिका रहेको छ । फिल्मको प्रमोसनमा सैफको उपस्थिति नहुँदा काजोलले धोका दिएको बताएकी हुन् ।
फिल्ममा अजय छत्रपति शिवाजी महाराजको सुबेदार मालसुरे भुमिकामा प्रस्तुत भएका छन् । सैफ उदय भानको भुमिकामा देखिएछन् भने काजोल छत्रपतिकी पत्नी सावित्री मालुसरेको भुमिकामा देखिएकी छिन् ।